शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगर अस्पतालमा बिहान ७ देखी बेलुका ४ बजे सम्म ओपिडी संचालन हुने
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगर अस्पतालमा बिहान ७ देखी बेलुका ४ बजे सम्म ओपिडी संचालन हुने

जुनेली न्युज काठमाडौँ |

गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने गोकर्णेश्वर नगर अस्पतालमा  बिहान ७ बजे देखि बेलिका ४ बजे सम्म ओपिडी हुने गरि सेवा थप गरिएको छ |

हरेक दिन ४०० भन्दा बढी बिरामीहरु सेवा लिना आउने भएको हँदा सेवामा कुनै कमि नहोस भनि आज नगर प्रमुख दिपक रिसाल सहितको ब्यबस्थापन समिति बसेर निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख टिकाराम खड्काले बताउनु भयो |  उल्लेखित सेवामा बिशेषज्ञ डाक्टर र मेडिसिन डाक्टर सहितको सेवा प्रबाह हुने छ |

फेसबुक प्रतिक्रियाहरु