शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एनआरएनए युकेका अध्यक्षबाट योगा कार्यक्रमको उदघाटन
Breaking News

एनआरएनए युकेका अध्यक्षबाट योगा कार्यक्रमको उदघाटन

जुनेली न्यूज, बेलायत ।

गैर आबसिय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाले आज बेलायतको Belxey Brough council को Harris academy मा आयोजित एक समारोहमा योगा कार्यक्रमको उदघाटन गरेकाछन।जिबन बिज्ञान युरोप साखाकी निर्देशक तथा योगा प्रसिक्षक सरिता शर्मा बाट प्रशिक्षीत हुने कार्यक्रम को उदघाटन गर्न Belxey नेपाली कम्युनिटी को निमन्त्रणामा प्रमुख अतिथि को रुपमा खड्का उपस्थित भएका थिए।Belxey नेपाली कम्युनिटी का अधयक्ष आनन्द धरेल र अध्यक्ष खड्काले संयुक्तरुपले पानसमा बत्ती बाली उदघाटन गरिएको कार्यक्रमा अहिलेको यो तनाबयुक्त र ब्यस्त समयमा योगा अभ्यासले स्वास्थ तन्दुरस्त राख्न सकिने जानकारी गराउनु भयो।

 

गैर आबासिय नेपाली संघ बेलायत र Belxey नेपाली कम्युनिटी को संयुक्त प्रयासमा आयोजना गरिएको योगा कार्यक्रम १० हप्ता सम्म चल्नेछ।योगा प्रसिक्षणको लागी अहिले सम्म पचास जनाको बुकिंग भैसकेको छ भने बुकिंग बढ्ने क्रममा छ।

 

कार्यक्रममा गैर आबासिय नेपाली संघ बेलायत र ईङगलैन्ड राज्य समन्वय परिषद का पदाधिकारी लगायत नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु