शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चिनारी सहकारी संस्था गोकर्णले ७ दिने उद्घोषण तालिम गर्ने
गोकर्नेश्वोर बिशेष

चिनारी सहकारी संस्था गोकर्णले ७ दिने उद्घोषण तालिम गर्ने

जुनेली न्यून, काठमाडौँ। असोज ३१

चिनारी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्यहरुका लागि मिति २०७९ असोज ३० गतेबाट २०७९ कर्तिक ५ गते सम्मका लागि ७ दिने उद्घोषण तालिम कार्यक्रमको आयोजना गरेको छ। चिनारी समुहको भगिनी संस्था उत्तरबाहिनी बोर्डिङ्ग स्कुल तथा चिनारी नेपालको प्राविधिक सहयोगमा सन्चालन हुने उक्त प्रशिक्षण कुशल कार्यक्रम उद्घोषक तथा प्रशिक्षक, उत्तर बाहिनी बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक श्री ज्ञानलाल श्रेष्ठले गर्नेछन् भने युवा तथा खेलकुद उप समिति सदस्य नविन गिरीले सहजिकरण गर्नेछन्। गिरी नेपाल युवा परिषदको बागमती प्रदेश संयोजक तथा चिनारी नेपालका सह सचिव समेत हुन् ।

कार्यक्रमको संयोजन चिनारी साकोसका सञ्चालक एवम् युवा तथा खेलकुद उप समिति संयोजक श्री पुरुषोत्तम श्रेष्ठले गरेका छन् भने व्यवस्थापनको भूमिका कर्मचारीको तर्फबाट सहायक ऋण अधिकृत प्रदिप श्रेष्ठले गरेका छन्। तालिममा ४० जना प्रशिक्षार्थीको सहभागिता रहनेछ।

 

कार्यक्रमको उद्घाटन सत्र मिति २०७९ असोज ३० गते चिनारी साकोस तथा उत्तर बाहिनी बोर्डिङ्ग स्कुलको विध्यालय ब्यवस्थापनका अध्यक्ष एवम् उद्घाटन सत्रका सभापति न्हुच्छे नारायण मिलन श्रेष्ठद्वारा पानसमा दीप प्रज्वलन गरि उत्तरबाहिनी बोर्डिङ्ग स्कुलको एक हलमा सम्पन्न गरियो। कार्यक्रम संयोजक पुरुषोत्तम श्रेष्ठले आफ्नो कार्यव्यस्तताका बाबजुद चिनारी समुहलाई माया एवम् विश्वास गर्दै केही सिक्नका लागि तत्पर प्रशिक्षार्थीहरु, सिकाउन तत्पर प्रशिक्षक तथा अतिथीगणलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै चिनारी साकोसका प्रबन्ध निर्देशक तथा सहयोगी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री प्रेमलाल श्रेष्ठले यस किसिमका तालिम युवाबर्गहरुका लागि अपरिहार्य रहेको तथा चिनारी साकोस आफ्नो मूल प्रतिबध्दतामा कटिबध्द रहेको कुरा व्यक्त गरेका थिए।

उद्घाटन सत्रको अन्त्य गर्दै कार्यक्रम सभापति श्रेष्ठले प्रशिक्षण कार्यक्रमले प्रशिक्षार्थीहरुको उद्घोषण कलामा तात्विक भिन्नता ल्याउन सक्ने कुरामा विश्वास व्यक्त गर्दै कार्यक्रम प्रभावकारिताका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन चिनारी नेपालका अध्यक्ष तथा चिनारी साकोसका उपाध्यक्ष श्री शुभलक्ष्मी श्रेष्ठले गरेकि थिइन् । उद्घाटन सत्रको अन्त्य भए पश्चात प्रशिक्षक श्री ज्ञानलाल श्रेष्ठले पहिलो दिनको प्रशिक्षण सुरु गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु