शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रतिनिधि सभा समानुपातिक तर्फ गोविन्द पुडासैनी
गोकर्नेश्वोर बिशेष

प्रतिनिधि सभा समानुपातिक तर्फ गोविन्द पुडासैनी

जुनेली न्यून, काठमाडौँ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट प्रतिनिधि सभाको समानुपातिक तर्फबाट गोविन्द पुडासैनीले टिकेटको पाएका छन्। नेपाली कांग्रेस काठमाडौँ जिल्ला सचिव समेत रहेका पुडासैनीले काठमाडौं क्षेत्र नं ३ का नेता हुन्।

लामो राजनीतिक इतिहाससँगै सामाजिक पृष्ठभूमि

बि .स २०४२ सालबाट नेपाल ल क्याम्पस नेपाल बिधार्थी संघको तर्फबाट स्ववियु सहसचिब उम्मेदवार बनि राजनीतिक यात्रा थालनी गरेका उनि २०४६ सालको जनआन्दोलनमा अग्रपंक्ति रही हरेक कार्यक्रमा सक्रिय भै कार्य गरेका छन् |

२०४८ सालमा तत्कालिन भद्रबास गाबिसको कोषाध्यक्ष हुदै बिधालय व्यबस्थापनका अध्यक्षमा काम गरेका उनि सडक, बत्ति, खानेपानी लगायत बिकास निर्माणका कार्यमा सक्रिय हुदै आएका छन् |

२०५२ देखि २०५८ सम्म: नेपाल तरुण दल इकाई सभापति देखि जिल्ला अध्यक्ष सम्म भई कार्य गरेका हुन् | २०५८ सालदेखि प्रतिगमन बिरुद्धको अन्दोलामा अग्रपंक्तिमा रही पटक पटक घाइते, सयौ पटक गिरफ्तार, सयौ पटक जेल,मात्र हैन नजरबन्दी समेत परि उनीलाई लोकतन्त्र प्राप्त भए पछी आम माफि दिएको थियो |

२०६४ सालमा नेपाली काँग्रेस पार्टीको तरुण बिभाग सदस्य भई तत्कालिन क्षेत्र नं २ को सचिब पनि भएका थिए | २०६४ पछी क्षेत्र नं ३ को महाधिबेशन प्रतिनिधि, काठमाडौँ जिल्ला सदस्य, काठमाडौँ जिल्ला कोषाध्यक्ष हुदै हाल जिल्ला सचिबमा कार्य गर्दै आएका छन् |

काठमाडौँ जिल्ला कोषाध्यक्ष हुदा देश भरिका ७५ वटा जिल्ला कोषाध्यक्षहरुको संयोजक भई केन्द्रीय सम्मेलन गरि पार्टी संगठनमा दरिलो कार्य गरेका थिए |

नेपाली काँग्रेस २०७२ को १३ औ महाधिबेशन, २०७८ को १४ औ महाधिबेशन साथै पार्टीको महासमिति बैठक लगायत कार्यमा केन्द्रबाट प्रचारप्रसार तथा मंच व्यबस्थापनको अध्यक्ष भएर समेत कार्य गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु