बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पनौती मेलाको जाममा एम्बुलेन्स पार गराउने एक महान व्यक्ति
गोकर्नेश्वोर बिशेष

पनौती मेलाको जाममा एम्बुलेन्स पार गराउने एक महान व्यक्ति

जुनेली न्युज, काठमाडौं । १२ वर्षमा हुने काभ्रेको पनौती मेलाको क्रममा सोच्नै नसक्ने सवारी जाम भएको थियो। यात्रुहरु घण्टौं सम्म कुरेर पनि आफ्नो गन्तव्यमा पुग्न सकेका थिएनन्।

त्यस्तै बिरामी बोकेका एम्बुलेन्सलाई त आवत जावत गर्नको लागि कुनै बाटोमै थिएन। सोही क्रममा सोही मेलामा गएका एक जना व्यक्तिले आफ्नो सवारीबाट झरेर काममा बसेका अन्य सवारीलाई मिलाई बिरामी बोकेका एम्बुलेन्सलाई पार गराउने कार्य गरेका थिए। उनी बीच रोडमै बिरामी बाहक एम्बुलेन्सलाई पार गराउने कार्यमा व्यस्त देखिन्थे। एम्बुलेन्समा मुटु रोगी समेत रहेका थिए।

सोही क्रममा एकजना बाइक चालकले भिडियो खिचेर टिकटकमा हालिदिएको थिए। सो भिडियो धेरै भाइरल समेत भएको थियो।

पछि बुझ्दा ती व्यक्ति काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान निवासी हरिबोल विष्ट रहेका थिए । उहाँ लामो समय जापान बसेर आएका एक समाजसेवी हुन। आफ्नो ठाउँमा पनि सामाजिक क्षेत्रमा धेरै अग्रसर भएर कार्य गरी रहेका छन्।

बीच बाटोमा जाम अनि बिरामी बोकेको एम्बुलेन्स समयमा हस्पिटलमा पुग्न नपाउने अवस्था देख्दा चुपो लागेर बस्न सकिन, विष्टले बताउनु भयो।

टिकटकमा भाइरल भएको भिडियो हेर्न यो लिंक मा जानु होला।

https://vm.tiktok.com/ZSeWKMVds/

https://vm.tiktok.com/ZSeWwtf4p/

फेसबुक प्रतिक्रियाहरु