सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • “राष्ट्रवादी पार्टी माओवादी नै हो, आउदो चुनावमा हामी पहिलो शक्ति बन्छौँ ।’- प्रचण्ड
Breaking News

“राष्ट्रवादी पार्टी माओवादी नै हो, आउदो चुनावमा हामी पहिलो शक्ति बन्छौँ ।’- प्रचण्ड

जुनेली न्यूज, काठमाण्डौ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘तर जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’
आज परेको पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसलाई पेरिसडाँडाबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए ।
साथै ‘प्रचण्ड’ ले आउँदो चुनावमा आफ्नो पार्टी पहिलो बन्ने दाबी दोहोर्‍याएका छन् । ‘एक पटक फेरि हाम्रो पार्टी पहिलो बन्छ,’ अध्यक्ष प्रचण्डले जनतालाई राष्ट्रवादी पार्टी माओवादी नै हो भन्ने परेको बताए र आफुहरुलाई विश्वास जनताले गरेका पनि उल्लेख गर्दै आउँदो चुनावमा माओवादी पहिलो पार्टी बन्ने बताए |

यसैबीच अध्यक्ष प्रचण्डले पोष्टबहादुरलाई नेता मानेर जाँदा धेरै उपलब्धीहरू हुने बताए । पाोष्टबहादुर नेपाली कम्युनिष्ट आन्दोलनका एक होनहार नेता भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘उहाँबाट हामीले धेरै सिक्न बाँकी छ ।’

 

फेसबुक प्रतिक्रियाहरु