बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा आजबाट शुरु
Breaking News

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा आजबाट शुरु

जुनेली न्यूज, काठमाण्डौ | राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदैछ । परिक्षा बिहान ११ बजे बा सुरु हुनेछ भने असोज ८ गतेसम्म परिक्षा हुनेछ ।

यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना भाइरसको कारण स्थगित गरेको थियो ।

यो वर्ष पौने चार लाख विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्र रहेको छ |

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णाङ्ककै लिने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णाङ्ककै गराउने तयारी गरेको बोर्डले जनाएको छ ।बोर्डले कोभिड १९ संक्रमित विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरेको छ । नियमित परीक्षा सकिएपछि संक्रमित विद्यार्थीको लागि अर्को सूचना जारी गरिने परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

कोभिड संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने विद्यार्थीका लागि आइसोलेसन कक्षको व्यवस्था गर्न केन्द्रलाई निर्देशन दिएको तर परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पछि परीक्षा दिने व्यवस्था मिलाइएको नियन्त्रक शर्माले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु