शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एमसीसीलाई राष्ट्रघाती भन्दै आएको विप्लव समूहले गर्यो MCC बिरुद्ध सडक प्रदर्शन
Breaking News

एमसीसीलाई राष्ट्रघाती भन्दै आएको विप्लव समूहले गर्यो MCC बिरुद्ध सडक प्रदर्शन

जुनेली न्यूज, काठमाण्डौ | अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा नेकपा माओवादी  (विप्लव) समूहले काठमाडौंमा बिरोध  प्रदर्शन गरेको छ । एमसीसीलाई राष्ट्रघाती भन्दै आएको विप्लव समूहले सडक प्रदर्शनसमेत गरेको छ ।

आज  माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लवसहित ,खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।

‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ’, ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएको जुलुस अहिले सुन्धारामा कोणसभामा परिणत भएको छ ।

उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु