बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कांग्रेसले ल्यायो विपक्षीको आरोपको प्रतिवादका लागि ‘वार रुम’को अवधारणा
Breaking News

कांग्रेसले ल्यायो विपक्षीको आरोपको प्रतिवादका लागि ‘वार रुम’को अवधारणा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसले पार्टीका पक्षमा प्रचार र विपक्षीको आरोपको प्रतिवादका लागि ‘वार रुम’को अवधारणा ल्याएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको सूचना, सञ्चार तथा प्रचार विभागले वार रुमको संगठित अवधारणा बमोजिम एनसी वीन (नेपाली कांग्रेस वाइड्ली इम्फरमेसन नेटवर्क) गठन गरेको हो ।विभाग संयोजक शर्माले ‘प्रविधि मैत्री कांग्रेस’ अभियान अन्तर्गत ‘एनसी वीन’ गठन गरिएको बताए । ‘एनसी वीन’मा पार्टीको प्रविधि सम्बन्धी र सामाजिक सञ्जाल समन्वयसम्बन्धी काममा संलग्नलाई संगठित गर्ने विभागले जनाएको छ ।

‘स्थानीय, प्रदेश र संघको आगामी निर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने,’ विभाग सचिव दिनेश थापा मगरले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक संजाल उपसमितिका संयोजक इञ्जिनियर दीपेश विष्टको संयोजकत्वमा एनसी वीन गठन गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु