आइतवार, पुस २७, २०८२
  • होमपेज
  • काठमाडौँ उपत्यकामा अविरल वर्षाका कारण नदी किनारका बस्ती डुवानमा
Breaking News

काठमाडौँ उपत्यकामा अविरल वर्षाका कारण नदी किनारका बस्ती डुवानमा

जुनेली न्यूज, काठमाण्डौ | सोमबार रातिको अविरल वर्षाले काठमाडौँ उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्ती डुवानमा परेका छन् ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको हो ।बल्खु तरकारी बजार हेर्दा हेर्दै डुब्यो | बाढीले बल्खु तरकारी बजार डुबानमा परेको छ |

काठमाडौँमा परेको बर्षा पछि चाबहिल सडक डुबानमा (फोटो फिचर)

बल्खु तरकारी बजारका सञ्‍चालक मोहन बस्नेतले भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’शंखमूल पार्क क्षेत्र पनि डुबानमा

यस्तै बाढीले शंखमूल पार्क लगायतका क्षेत्र पनि डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु