शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शेयर बजारमा उच्च अंकको गिरावट,२ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घट्यो
आर्थिक

शेयर बजारमा उच्च अंकको गिरावट,२ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घट्यो

जुनेली न्यूज, काठमाण्डौ | साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ ।

नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ । दिउसो ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेक समेत लागेको थियो । ४० मिनेट बन्द भएर खुलेको बजारमा केही सम्हालिने संकेत देखिएको थियो तुलनात्मक हिसाबले बन्द हुँदा थोरै सम्हालियो । बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो । उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ ।

हेर्नुहोस :

फेसबुक प्रतिक्रियाहरु