शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु
Breaking News

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु

जुनेली न्यूज, काठमाण्डौ |आजबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएको छ ।
आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन । त्यसैले सबै जिल्लामा वडा अधिवेशन शुक्रबारै सुरु नसकेको हो |

२७ भदौमा गाउँ÷नगर अधिवेशन हुने भएकाले कांग्रेसले बाँकी जिल्लाका वडाहरुमा २६ भदौ अघि अधिवेशन सम्पन्न गरिसक्ने जनाएको छ ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् ।

 

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने कांग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ |

फेसबुक प्रतिक्रियाहरु