शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गो. न.पा. वडा नं. २ को कांग्रेसको इकाई सभापतिमा दिपेन्द्र कुमार लामाले उम्मेदवारी दिने घोषणा
गोकर्नेश्वोर बिशेष

गो. न.पा. वडा नं. २ को कांग्रेसको इकाई सभापतिमा दिपेन्द्र कुमार लामाले उम्मेदवारी दिने घोषणा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गोकर्णेश्वर नगरपालिका वडा नं. २ को नेपाली कांग्रेसको इकाई सभापतिमा दिपेन्द्र कुमार लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज गोकर्णेश्वर २ नं. इकाईले नयापाटीमा गरेको वृहत क्रियाशिल भेलामा लामाले इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिंगो पार्टीलाई बलियो बनाउन र पार्टीको विधान बमोजिम सबैलाई समेटेर लैजाने प्रतिवद्दताका साथ आफूले उम्मेदवारी दिएको घोषणा गरेको गरेका छन् |
२०४६ साल देखि विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका लामाले २०४९ देखि २०५२ सम्म पिपुल्स क्याम्पस क्षेत्रपाटीमा नेविसंघ सदस्यको रुपमा काम गरेका थिए । लामा १३ औं महाधिवेशनमा तरुण दलको क्षेत्रीय उपाध्यक्षका प्रत्यासी हुन् ।

२०५० सालमा साधारण सदस्यता लिएर २०५२ सालदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएर निरन्तर पार्टीको हितमा काम गर्दै आएका लामा सामाजिक विकासका क्षेत्रमा पनि सक्रियताका साथ काम गरिरहेका छन् । लामा अध्यक्ष रहेको देविथान उपभोक्ता समितिले मन्दिर तथा बाटोघाटोको निर्माण गरेको छ । त्यसैगरी उनले मयलटार टोलसुधार समितिको अध्यक्ष भई धेरै सामाजिक विकासका कार्यहरुको अगुवाई गरेका छन् ।

 

लामाले गुटबन्दीलाई चिरेर पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाउँदै आफूले एक व्यक्ति एक पदको सिद्धान्तलाई कडाईका साथ पालना गर्ने बताउदै इकाई सभापतिमा जिताउन आग्रह गरे । उनले पार्टी एकताबद्ध भए नेपाली कांग्रेसको हित र जित दुबै हुने बताउँदै सबैको साथ र सल्लाह लिएर सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

उनले क्रियाशिल साथीहरु र अग्रजहरुसँग छलफल गरी आफूले इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए । सहकार्य, सहमती र एकताको सन्देश बोकेर, तीन तहका चुनावमा पार्टीलाई जिताउने उदेश्यका साथ अगाडी बढेको बताउँदै लामाले सबैबाट सहयोग हुने प्रतिबद्धता पाएको बताए ।

फेसबुक प्रतिक्रियाहरु