शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जबरजस्ती करणी गरेको आरोपमा दुइजना पक्राउ
दुर्घटना/अपराध

जबरजस्ती करणी गरेको आरोपमा दुइजना पक्राउ

जुनेली न्यूज, काठमाण्डौ | जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले करणी गरेको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका-२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका-११ बस्ने २९ वर्षीय यौवन ताम्राकार लाई पक्राउ गरेको छ ।

राई र ताम्राकार दुवैलाई महिलामाथि करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा र ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु