आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • भोलिदेखि गोकर्णेश्वर नगरपालिकाका सबै विद्यालयहरु भौतिक रुपमा संचालन हुने
गोकर्नेश्वोर बिशेष

भोलिदेखि गोकर्णेश्वर नगरपालिकाका सबै विद्यालयहरु भौतिक रुपमा संचालन हुने

जुनेली न्यूज, काठमाण्डौ |काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरु यहि भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने भएका छन। कोरोनको महामारी बढेसगै बन्द भएका निजि तथा सरकारी बिद्यालयहरु भद्र १५ देखि भौतिक रुपमा सन्चालन हुने भएको हो |

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भाद्र ११ गते भएको राजनीतिक दल ,अभिभावक,विद्यालयहरुका संगठन र अन्य सरोकारवाला पक्षको बृहत छलफल पछी भाद्र १३ गते बसेको नगर शिक्षा समितिको बैठकले आगामी भाद्र १५ गते देखि सुरक्षा मापदण्ड अपनाउदै विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।बैठकले  सामाजिक तथा भौतिक दुरीको पालना गरि स्वास्थ्य र सुरक्षाको मापदण्ड  अपनाएर शिक्षक  तथा विद्यार्थीहरुलाई उपस्थिति हुन अनुरोध गरेको छ |

गोकर्णेश्वर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख विजय प्रसाद आचार्यले सुचना जारी गर्दै विद्यालय स्वयंले सुरक्षा र स्वास्थ्य

मापदण्ड अपनाउनुपर्ने बताएका छन । र विद्यालय सन्चालन गर्ने गराउनेले उपयुक्त वातावरणमा सामाजिक तथा भौतिक दुरीको पालना गरि स्वास्थ्य र सुरक्षाको मापदण्ड  अपनाएर पठनपाठन गराउन बैठकले अनुरोध गरेको छ |

 

फेसबुक प्रतिक्रियाहरु