बुधबार, अशोज २, २०८१
  • होमपेज
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहि दिन निरन्तर बर्षा भैरहने
Breaking News

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहि दिन निरन्तर बर्षा भैरहने

जुनेली न्यूज, काठमाण्डौ | बिगत केहि दिन देखि देश भरिनै सामान्य देखि भारी बर्षा परिरहेको छ | बर्षाका कारण आवतजावत देखि विभिन्न क्रियाकलावमा समेत असर परेको छ | अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहि दिन निरन्तर भैरहने जानेको छ |
आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।

पहाडी भूभागमा भू-क्षय र साना-ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु