बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • खोटाङमा आफ्नै भाइले गरे ३३ वर्षीय दाजुको हत्या
दुर्घटना/अपराध

खोटाङमा आफ्नै भाइले गरे ३३ वर्षीय दाजुको हत्या

जुनेली न्यूज काठमाण्डौ | खोटाङमा आफ्नै दाजुको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ३ कांडेका ३३ वर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाइ २२ वर्षीय नारायण थापा र भतिजा १५ वर्षीय रुपन थापा पक्राउ परेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

गतभदौ ९ गते दिउसो ११ बजे घरबाट हिँडेका गिरिराज घर नफर्किएपछि खोजी शुरु गरिएको थियो । खोज्दै जाने क्रममा १० गते बिहान २ बजे घरदेखि करिब २ सय मिटर पर बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले घटना शंकास्पद भएको भन्दै अनुसन्धान थालेको थियो ।
अनुसन्धानको आधारमा घटनाको प्रकृति, स्थानीयबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले बिहीबार नै मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भाइ र भतिजाले उनीहरुले घरायसी विवादका कारण भैँसी बाँध्ने प्लास्टिकको डोरीले घाँटीमा कसी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाई घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु