बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा
Breaking News

अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा

१५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका सरकारी अधिकारीहरु बताएका छन्

जुनेली न्यूज, काठमाण्डौ । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका सरकारी अधिकारीहरुले जनाएका छन् ।

थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट उद्धार भई नयाँ दिल्ली आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।त्यसैगरी अफगानिस्तानका विभिन्न स्थानबाट उद्धार गरी ४२ जना नेपाली नागरिकलाई काबुल विमानस्थल नजिक ल्याएर राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु सबैजना सुरक्षित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

यद्यपि नेपाल सरकार उनीहरुको सुरक्षाको बारेमा आश्वस्त हुन खोजिरहेको छ । अफगानिस्तान मामिला हेर्ने नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने, ‘दुवै कार्यालयमा काम गर्ने नेपालीहरु क्याम्पमा हुनुहुन्छ र पूर्ण रुपमा सुरक्षित हुनुहुन्छ । ‘

सरकारले अफगानिस्तानको ग्रिन जोनमा काम गर्नका लागि मात्र श्रम स्वीकृति दिने गरेको छ । यस बाहेक अनियमित बाटोबाट गएका र पर्याप्त कागजात नभएकाहरुलाई कागजात बनाएर उद्धार गरिएको छ । अनियमित बाटोबाट गएका र अफगानिस्तानमा प्रवेश गरिसकेपछि काम परिवर्तन गरेका कारण उनीहरुलाई उद्धार गर्न केही कठिनाइ उत्पन्न भएको हो ।

तालिबानले अगष्ट ३१ भित्रै सबै विदेशी सेना पूर्ण रुपमा फिर्ता हुनुपर्ने समय सीमा तय गरेपछि त्यस अगाडि नै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुको उद्धार गरिसक्नुपर्ने दबाबमा सरकार परेको छ । तालिबानका प्रवक्ता सुहेल साहेनले ३१ अगष्टपछि अमेरिका, बेलायतलगायतका मुुलुकका सेना र नागरिक पूर्ण रुपमा बाहिरिनुपर्ने बताएका छन् । यद्यपि कुनै पनि कानूनी कागजात भएको व्यक्ति ३१ अगष्टको समय सीमापछि पनि कमर्सियल विमानद्धारा बाहिर जानसक्ने बताएका छन् ।

४६७ जना नेपाली सुरक्षा गार्डहरु युनाइटेड नेसन्स एसिसटेन्ट मिसन र युनिसेफमा सुरक्षा गार्डको रुपमा काम गरिरहेको छन् । उनीहरुमध्ये १०० जनाले घर आउन बिदा लिएका छन् र उनीहरुको छिट्टै नेपाल आउने छन् । तर बाँकी सुरक्षाकर्मीहरुको हकमा भने उनीहरुले घर फर्कने इच्छा व्यक्त गरेका छैनन् ।

त्यसैले नेपालीहरुको उद्धारको लागि नेपालले अन्य मुलुकहरुलाई आग्रह गर्नु परेको छ । नेपाल नागरिकहरुलाई उद्धार गर्नका लागि भारत, अमेरिका लगायतका विभिन्न मुलुकहरुले सहयोग गरिरहेको एक सरकारी अधिकारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु