शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • विनोद चौधरीलाई समेत टक्कर दिने भेटिए अर्का अर्बपति मन्त्री, को हुन् यति अर्बपति मन्त्रि ?
आर्थिक

विनोद चौधरीलाई समेत टक्कर दिने भेटिए अर्का अर्बपति मन्त्री, को हुन् यति अर्बपति मन्त्रि ?

जुनेली न्यूज, काठमाण्डौ | गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति विनोद चौधरीलाई समेत टक्कर दिन सक्ने अर्का अर्बपति मन्त्रीसमेत भेटिएका छन ।सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।

सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका हुन् । उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन् । पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो । शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ । नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ ।

यस्तो छ अर्बपति मन्त्रीको सम्पति विवरण
– पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा
– पोखरामा घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायतमा करोडांै लगानी
– पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वमीमा घर छ ।
– नयाँ बजारमै ४ हजार ९ सय ९४ वमीमा अर्को घर छ
– यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटलमा मुख्य लगानी
– पर्यटकीय स्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्टको स्वामित्व
– ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ ।
– विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद
– आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर
– ५ बैंकमा ३१ करोड ३ लाख ७० हजार ऋण तिर्न बाँकी
– दुई गाडी

फेसबुक प्रतिक्रियाहरु