बुधबार, अशोज २, २०८१
  • होमपेज
  • नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गर्ने एकजना युवक गंगबुबाट पक्राउ
दुर्घटना/अपराध

नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गर्ने एकजना युवक गंगबुबाट पक्राउ

जुनेली न्यूज काठमाण्डौ | महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको ट्राफिक प्रहरी टोलीले प्रदेश०२-०१२ प ७०६६ नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताएका छन् |
पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका-२, बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्‍दै आएका २२ वर्षीय तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश३-०२- ०१० प ९४४६ खुल्न आएको छ ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त, नयाँबानेश्‍वर पठाइएको महाशाखाका प्रवक्ता एसपी संजीव शर्मा दासले जानकारी दिए ।

उक्त नम्बरको मोटरसाईकल  काठमाण्डौ  मुलपानी बस्ने प्रकाश गौतमको रहेको  ट्राफिक महाशाखाले जनाएकोछ |

फेसबुक प्रतिक्रियाहरु