शनिबार, चैत्र २, २०८१
  • होमपेज
  • ट्युसन नपढ्ने सबैलाई कमजोर ग्रेड दिएको आरोप लगाउँदै पवन माविका विद्यार्थी उत्रिए आन्दोलनमा
Breaking News

ट्युसन नपढ्ने सबैलाई कमजोर ग्रेड दिएको आरोप लगाउँदै पवन माविका विद्यार्थी उत्रिए आन्दोलनमा

जुनेली न्यूज , काठमाण्डौ । रामग्राम नगरपालिकाको परासीस्थित पवन माविका विद्यार्थीहरुले गणित विषयका शिक्षक रामप्रसाद बस्यालले आफूसँग ट्युसन पढ्ने विद्यार्थीलाई मात्र राम्रो ग्रेड दिएको र ट्युसन नपढ्ने सबैलई कमजोर ग्रेड दिएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विद्यालय परिसर अगाडी गणित शिक्षकलाई कारबाहीको माग गर्दै पालिकाको शिक्षा शाखामा उजुरी समेत दिएका छन् ।

तर , नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्र प्रसाद रेग्मीले भने विद्यार्थीहरुले निवेदन फिर्ता लगेको बताएका छन् ।‘केही दिन अघि विद्यार्थीहरु निवेदन लिएर आएका थिए । मैले उनीहरुको अगाडि नै प्रधानाध्यापक ऋषि ढकाल र आरोपित शिक्षकलाई फोन गर्दा विद्यार्थीले झुटो आरोप लगाएको भन्‍नु भो,’ उनले भने, ‘त्यसपछि अर्को दिन एकै ठाउँमा बसेर छलफल गर्ने सहमति भएको थियो तर त्यही दिन विद्यार्थी आएर निवेदन फिर्ता लगे ।’

शाखा प्रमुख रेग्मीले विद्यार्थीलाई नगरपालिकाले पुन: परीक्षा लिने उक्त परीक्षामा विद्यार्थीले राम्रो अंक ल्याए शिक्षक कारबाहीमा पर्ने र विद्यार्थीले कमजोर ल्याए विद्यार्थी कारबाहीमा पर्ने तथा उक्त परीक्षाको आधारमा प्रमाणीकरण भइसकेको नतिजामा हेरफेर नहुने भनेपछि विद्यार्थीले निवेदन फिर्ता लिएको बताए ।

उनले भने, ‘गुनासो आइसकेपछि केही समाधानको उपाय त खोज्नै पर्ने भो । त्यसका लागि परीक्षा गराउनुभन्दा अरु उचित विकल्प नदेखेपछि परीक्षा गराउने सोच थियो तर विद्यार्थीले निवेदन फिर्ता लिएर गए । फेरि हिजो विद्यालयमा नाराबाजी गरे भनेर सुन्छु ।’
यसबारेमा नगर शिक्षा शाखाले प्रधानाध्यापक र विषय शिक्षकसँग पनि पटक-पटक कुरा गर्दा विद्यार्थीमाथि अन्याय नगरेको उनीहरुले दाबी गर्दै आएको बताएका छन्  ।

फेसबुक प्रतिक्रियाहरु