शुक्रबार, चैत्र १, २०८१
  • होमपेज
  • नेपाल शिक्षक महासंघका २०० भन्दा बढी आन्दोलनरत शिक्षकहरु पक्राउ
Breaking News

नेपाल शिक्षक महासंघका २०० भन्दा बढी आन्दोलनरत शिक्षकहरु पक्राउ

जुनेली न्यूज, काठमाण्डौ | नेपाल शिक्षक महासंघले शुक्रबार प्रधानमन्त्री निवासमा धर्ना कार्यक्रम गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी २०० भन्दा बढीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो ।No description available.

नेपाल शिक्षक संघ काठमाडौं जिल्ला क्षेत्र नं.३, गोकर्णेश्वर नगर समितिका उपाध्यक्ष विमला भण्डारी, अर्थ सचिव रेखा अर्याल, शिक्षिका दुर्गा खनाल  लगायत आन्दोलित शिक्षकहरुलाई विभिन्न स्थानबाट २०० जना भन्दा बढी पक्राउ गरी मालीगाउ प्रहरी चौकीमा राखिएको छ |

 

गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३४  बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु