मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • “बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जो दोषी हो,उसलाई मात्रै हटाउनुपर्छ”-गिरिराजमणि पोखरेल
Breaking News

“बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जो दोषी हो,उसलाई मात्रै हटाउनुपर्छ”-गिरिराजमणि पोखरेल

जुनेली न्यूज, काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जो दोषी हो, उसैलाई मात्रै हटाउनुपर्ने तर  सबै पदाधिकारीलाई हटाउनुपर्ने भन्ने सम्झौता ठीक नभएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षबीच प्रतिष्ठानका चारैजनालाई पदबाट हटाउने प्रक्रिया सुरु गर्ने लगायतका ६ बुँदे सहमति भएको थियो ।पूर्वमन्त्री पोखरेलले प्रतिष्ठानका उपकुलपतिको सन्दर्भमा उत्पन्न समस्यालाई तत्कालै समाधान गर्न र अरुकोबारेमा ठोस अध्ययन गर्न सुझाव दिए |

शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा पूर्वमन्त्री पोखरेलले भने, ‘सम्झौता गर्दा सबै पदाधिकारी हटाउने भन्ने उद्देश्यबाट आएको छ, त्यो ठीक कुरा छैन । कोको दोषी हो, त्योत्यो दोषी किटान गर्नुपर्छ त्यसभित्र पनि’ । यसका साथै उनले  सबै बदल्नुपर्छ भन्ने अर्को उद्देश्यद्वारा प्रेरित छ । एउटा क्रियाको अर्को प्रतिक्रियातर्फ लग्यो भने त्यो संस्था नबन्ने र  एकपटक रिभ्यू गर्नुपर्ने बताएका छन् |

उपकुलपतिलाई असीमित अधिकारहरु दिइएको भन्दै उनले त्यसमा पुनर्विचार गर्नुपर्ने  पनि उनले बताए |

फेसबुक प्रतिक्रियाहरु