सोमवार, चैत्र ४, २०८१
  • होमपेज
  • शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकमा १७ घर टहरा बगायो, सवारीसाधन आवतजावत ठप्प
Breaking News

शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकमा १७ घर टहरा बगायो, सवारीसाधन आवतजावत ठप्प

जुने न्यूज, काठमाण्डौ । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका नौ पक्की र आठ कच्चीगरि जम्मा  १७ घर टहरा बगाएको छ|   प्रहरी उपरीक्षक राजन अधिकारीले  गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको र ती घरटहरा खाली भएको प्रहरी उपरीक्षक राजन अधिकारीले  बताएका छन् | त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ |

स्थानीयवासी हस्त पण्डितले दिनुभएको जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो।मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो। पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द ।धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ। मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताए।खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताएका छन् ।

साथै नगर प्रमुख डम्बर अर्यालका अनुसार  हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको अवस्था रहेको  अर्यालले बताए  |

फेसबुक प्रतिक्रियाहरु