शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काठमाडौँ कगेश्वोरी वडा नं ३ को इकाई सभापतीमा श्याम प्रसाद पुडाशैनीको दावी
गोकर्नेश्वोर बिशेष

काठमाडौँ कगेश्वोरी वडा नं ३ को इकाई सभापतीमा श्याम प्रसाद पुडाशैनीको दावी

जुनेली न्यूज, काठमाण्डौ | नेपालि काँग्रेस काठमाडौँ क्षेत्र नं ३ अन्तर्गत  कागेश्वारी मनोहरा नगरपालिका  वडा नं ३, भद्रवास इकाई सभापतिमा श्याम प्रसाद पुडासैनीले दाबि गरेका छन् | हाल नेपाल तरुण दल इकाई सभापति समेत रहेका उनले  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा इकाई सभापति पदको उम्मेदवारीका लागि नेपाली कांग्रेस इकाई समिति भद्रबासमा निवेदन पेस गरेका छन् |

उनले इकाईलाइ अझ बढी मजबुत बनाइ भात्री संगठन, क्रियाशील सदस्य लगायत कांग्रेसका सुभचिन्तक  सबैलाइ समेटी  पार्टीलाई अगाडी बढाउने बेला आएको बताएका छन् | इकाइ भनेको पार्टीको सबै भन्दा तलको बेस लेवल भएकाले बेस बाट नै मजबुत भएर अघाडी बढाउनु पर्ने बताएका छन् |

इकाइलाइ अगाडी बढाउन र संगठनलाइ मजबुत बनाउन उनले नयाँ नयाँ एजेन्डाका लिएर  पूर्ण रुपमा समय दिने प्रतिबद्धता सहित सभापतिमा दाबी गरेको जुनेली न्युजलाई बताए |

 एजेन्डा

  1. पार्टीको इकाइ कार्यालय बेवास्थित बनाउने, ,
  2. इकाइका पदाधिकारीलाइ मजबुत बनाउने छ,
  3. इकाइ कोष गठन गरि इकाइको खाता सन्चालन गर्ने ,
  4. इकाइ वेबसाइट खोलि सम्पूर्ण क्रियासिल साथीहरुलाई सामाजिक संजालमा जोडाउने,
  5. प्रतेक क्रियाशील सदस्यहरुलाई नम्बर इकाइ कार्यालयमा राख्नुको साथै क्रियाशील सदस्यसँग सम्पर्कमा रहने छु |
  6. कुनै क्रियाशिल्को को मृत्य भएमा प्रतेक क्रियाशील बाट रु १०० को दरले सहयोग लिइ मृत्यु क्रियाशिल्को घरमा आफै गइ समवेदना सहित  रकम प्रदान गर्ने,
  7. केन्द्रीय लेबल का नेताहरुबाट समय समयमा प्रसिक्षण गराउने,
  8.  महिला संगठन बनाउने महिला कोषको बिकास गर्ने,
  9. वडाका गतिविधिहरुमा  आफुले प्रतिनिधि खटाइ इकाइ भित्रका नागरिकहरुको तथ्यांक राख्ने काम गर्ने छु |

फेसबुक प्रतिक्रियाहरु