शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना संक्रमणबाट उदयपुरमा एकै घरका ३ जनाको मृत्यु, साउन २४ सम्म वडा सिल
समाचार

कोरोना संक्रमणबाट उदयपुरमा एकै घरका ३ जनाको मृत्यु, साउन २४ सम्म वडा सिल

जुनेली न्यूज , काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ मा  दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि वडा नम्बर २ लाइ सिल गरिएको छ |

गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको  कोरोना संक्रमणबाट निधन भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् वडाअध्यक्ष खत्रीले मंगलबार वा बुधबार गाउँमा पीसीआर परीक्षण गराउने तयारी भइरहेको त्यहाका स्थानीयलाइ बताएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु