शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कर्णालीमा जीप खस्दा दम्पति बेपत्ता, ३ छोराछोरीको अवस्था गम्भीर
दुर्घटना/अपराध

कर्णालीमा जीप खस्दा दम्पति बेपत्ता, ३ छोराछोरीको अवस्था गम्भीर

जुनेली न्यूज, काठमाण्डौ । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट कर्णाली नदीमा जीप खस्दा नदीमा दुइ जना बेपत्ता भएको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपका चालक डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताएका छन्।

नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।उनीहरुको खोजी कार्य भइरहेको छ । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरुमध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ ।

फेसबुक प्रतिक्रियाहरु