शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘एमसीसीसँग जोडिएका सबै सम्झौता यहाँ संसदमा पेश गरियोस् ‘- भिम रावल
Breaking News

‘एमसीसीसँग जोडिएका सबै सम्झौता यहाँ संसदमा पेश गरियोस् ‘- भिम रावल

जुनेली न्यूज , काठमान्डौ | नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने भुमि अधिग्रहण गर्ने लगाएतका काम सुरु भैसकेको  बताए उनले  भने, ‘त्यहाँ भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई यदि सम्झौता गरिए राष्ट्रघात हुनेछ ।’

एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले अघि भने, ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता यहाँ पेश गरियोस् ।’

फेसबुक प्रतिक्रियाहरु