जुनेली न्युज, काठमाडौँ – गोकर्नेश्वोर नगरपालिकाले मिति २०७८ बैशाख २५ देखि २९ गते सम्म कोरोना खोप लगाउने व्यस्था गरेको छ | नगरपालिका भरि बसोबास गर्ने ६० देखि ६४ वर्षा उमेर समुहका व्यक्तिहरुलाई कोभिड -१९ बिरुद्धको पहिलो खोप लगाउनको लागि नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सुचना निकाली आह्वान गर्नु भएको छ|
स्थान चामुण्डा मा.बी नारायणटार र सहयोगी मा.बी गोकर्णमा बिहान १ बजे देखि बेलुका ४ बजे सम्म खोप लगाइने छ |
साथै खोप लगाउन को लागि आफ्नो उमेर परिचय खुल्ने कागजात पनि संगै लिएर आउन अनुरोध गर्नु भएको छ | |
फेसबुक प्रतिक्रियाहरु