मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • विश्वमा करिब ४ लाख कोरोना संक्रमित थपिए : २५ लाख ९८ हजार भन्दा बढीको मृत्यु
समाचार

विश्वमा करिब ४ लाख कोरोना संक्रमित थपिए : २५ लाख ९८ हजार भन्दा बढीको मृत्यु

फागुन २३,

ऐजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा झण्डै ४ लाख कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा ५६ हजार ८५८, भारतमा १८ हजार ७१६ , ब्राजिलमा ६७ हजार ४७७, रसियामा ११ हजार संक्रमित थपिएका छन् ।

यस्तै, फ्रान्समा २३ हजार ३०६, इटलीमा २३ हजार ६४१ र टर्कीमा ११ हजार ७७० जनामा संक्रमण पुष्टि भएको छ। योसहित विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ७० लाख ५८ हजार ७५६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा विश्वभर साढे सात हजार संक्रमितको मृत्यु भएको छ। अमेरिकामा एक हजार ४९६, ब्राजिलमा १ हजार ४९८ , रुसमा ४४१ र फ्रान्समा १७० संक्रमितको मृत्यु भएको छ।

यता भारतमा मृत्यु हुने दर घट्दै गएको छ। विगत २४ घण्टामा ९८ संक्रमितको मृत्यु भएको छ। विश्वभर कुल मृतकको संख्या २५ लाख ९८ हजार ९६४ पुगेको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु