शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमगंगाका सात विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री
रामेछाप बिशेष

हिमगंगाका सात विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री

फागुन २०,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाले विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

वडाले गरिब तथा विपन्न परिवारका २० जना बालबालिकाहरुलाई स्कूल ड्रेस, ब्याग, शैक्षिक सामाग्री, प्रत्येकलाई एक एक दर्जनका दरले कपी प्रदान गरिएको वडा सचिव अशोक सुनुवारले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार वडाभित्रका सात वडा आधारभूत र प्राथामिक विद्यालयका बालबालिकाहरुलाई सामाग्री सहयोग गरिएको हो । सामाग्री श्री हरिसिद्धि आधारभूत, श्री जनसक्रिय आधारभूत, श्री रक्माला आधारभूत, श्री श्रीकृष्ण आधारभूत, श्री जनता आधारभूत, श्री रेणुकादेवी माद्यामीक, र श्री महारुद्ध माध्यकमिक विद्यालयका बालबालिकाहरुलाई सामाग्री दिएको हो ।

रामेछाप नगरपालिका वार्षीक कार्यक्रम अन्तर्गत बागमती प्रदेश सरकारबाट प्राप्त भएको शसर्त अनुदान अन्तर्गत बाबुआमा बिहिन बालबालिका प्रोत्साहना कार्यक्रम अन्तर्गत रकम दिएको उनले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु