सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव : भोली टुङ्गो लाग्ने
समाचार

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव : भोली टुङ्गो लाग्ने

फागुन ०५,

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको छ । यद्यपि यो मितिमा १०/१५ दिन तलमाथि हुनसक्ने नेताहरुले बताएका छन् ।

पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठकका लागि सानेपा पुगेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भएपनि सहमति हुन सकेको छैन । छलफलमा सहभागी एक नेता भन्छन्, ‘उहाँहरुले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु भएको छ ।

यसमा सहमति भइसकेको छैन । भोलिसम्म यसलाई टुंग्याउने सहमति भएको छ । उनका अनुसार प्रस्तावित मिति १०/१५ दिन तलमाथि हुनसक्छ ।

फेसबुक प्रतिक्रियाहरु