शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • १० औं लाख नागरिकले सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको ओलीलाई चेतावनी
समाचार

१० औं लाख नागरिकले सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको ओलीलाई चेतावनी

माघ २८,
काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् । बुधवार नेकपा प्रचण्ड–माधव पक्षले काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले नागरिककाे आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख नागरिक आउने दाबी गरे ।

विरोध सभामा पाँच लाख मानिसहरू सहभागी भएको भन्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ, हेरेर ढिलो नगरि संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गरे । उनले संविधानको मर्म, भावना र नेपाली नागरिककाे चाहना विपरीतका काम भए दुर्भाग्य हुने समेत बताए । विरोध सभाको उपस्थितिले सर्वोच्च अदालतलाई फैसला गर्न सहज हुने उनको दाबी छ ।

प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताए । ७० प्रतिशत केन्द्रीय समिति आफ्नो पक्षमा हुँदा आफूहरू आधिकारिक पार्टी भनी दश दिनभित्रै निर्वाचन आयोगमा भनेको उल्लेख गर्दै उनले त्यसलाई हिसाब नगरि केपी ओलीको धम्क्याइलाई मात्रै हिसाब गरे अयोगको खुट्टी नेपालले देख्ने उनको भनाइ छ ।

प्रचण्डले केपी ओलीतिर लागेका मानिसहरू फर्किन थालेको समेत बताए । ओली सरकारका दुई जना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किनका लागि आफूसँग वार्ता गरिरहेको जानकारी दिए । उनले ओलीको निरङ्कुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु