आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • सोलुखुम्बुमा चिसोेले कठ्याङ्ग्रीएर एक कर्मचारीको ज्यान गयो
दुर्घटना/अपराध

सोलुखुम्बुमा चिसोेले कठ्याङ्ग्रीएर एक कर्मचारीको ज्यान गयो

माघ २६,रमन वन,

सोलुखम्बु । हुलाक कार्यालय सोलुखुम्बुका एक कर्मचारीको चिसोेले कठ्याङ्ग्रीएर मुत्यु भएको छ । हुलाकीको रुपमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका ५ नयाँबजारका राम श्रेष्ठको आईतबार लमजुरा जंङगलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लिखुपिके गाउँपालिकामा चिठी पुर्‍याएर फर्कने क्रममा शनिबार हिमपातका कारण मृतक श्रेष्ठ र उहाँका ज्वाई प्रकाश राई ओडरमा बास बसेका थिए । ओडारमा चिसोका कारण कठ्याङ्ग्रिएर गम्भिर विरामी परेका श्रेष्ठको आईतबार मृत्यु भएको प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

शबलाई पोष्टमार्टमका लागी फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु